|  

आज एसईईको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न

१५ चैत्र २०८०, बिहीबार १३:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा थियो । परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

एसईई परीक्षा २७ गतेसम्म चल्ने छ । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । सबैभन्दा धेरै केन्द्र काठमाडौंमा १२७ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक वटा छन् ।

एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र थिए । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए ।

एसइइमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरूले मौका परीक्षा भने दिन पाउने छन् ।

 

१५ चैत्र २०८०, बिहीबार १३:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस