|  

नेपाल भारत विद्युत् आयात सम्झौता ३ महिनाको लागि मात्रै नवीकरण

१५ चैत्र २०८०, बिहीबार १४:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । नेपाल र भारतबीच विद्युत् आयात गर्न अनुमति दिएको सम्झौता नविकरण भएको छ । भारतले वार्षिक रूपमा सम्झौता नवीकरण गरे पनि यसपटक तीन महिनाका लागि मात्रै अनुमति दिएको हो ।

आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न नेपालले अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

ढल्केबर मुजफ्फरपुर ४०० किलोभोल्ट प्रसारणलाइनबाट ५०० मेगावाट र टनकपुरबाट ५४ मेगावाट आयात गर्न भारतले अनुमति दिएको हो । आन्तरिक माग पूरा गर्नका लागि नेपालले भारतबाट करिब ६०० मेगावाट आयात गरिरहेको छ ।

 

१५ चैत्र २०८०, बिहीबार १४:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस