|  

राष्ट्रियसभाको उपाध्यक्षबाट अर्यालले दिएको राजीनामा स्वीकृत

१६ चैत्र २०८०, शुक्रबार १५:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । राष्ट्रियसभाको उपाध्यक्षबाट उर्मिला अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले अर्यालले राष्ट्रियसभा उपाध्यक्षबाट दिएको राजीनामा स्वीकृत भएको जानकारी गराएका हुन् ।

अर्यालले बिहीबार अध्यक्ष दाहाललाई भेटेर उपाध्यक्ष पदबाट राजीनामा दिएको पत्र बुझाएकी थिइन् । नेकपा माओवादी केन्द्रका तर्फबाट उपाध्यक्ष रहेकी अर्यालले नयाँ सत्ता समीकरणसँगै उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि राजीनामा दिएकी हुन् ।

१६ चैत्र २०८०, शुक्रबार १५:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस