|  

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख ३४ हजार

२२ चैत्र २०८०, बिहीबार ११:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख ३३ हजार रुपैयाँ कायम भएको थियो । लगातारजसो सुनको भाउ बढिरहँदा व्यापार घटेको व्यवसायीले बताएका छन् ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार ६ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ६ सय १० रुपैयाँ कायम भएको थियो ।

२२ चैत्र २०८०, बिहीबार ११:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस