|  

सिद्धलेक गाउँपालिका अध्यक्ष खतिवडाद्वारा आमा समुहको नवनिर्मित भवन उद्घाटन

२ बैशाख २०८१, आईतवार ०६:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ सिद्धलेकमा बलदेवी आमा समुहको नवनिर्मित भवन उद्घाटन गरिएको छ । वडा नम्बर ५ मा एक कार्यक्रम आयोजना गरि सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाद्धारा नवनिर्मित भवनको समुद्घाटन गरिएको हो ।

नब निर्मित भवन निर्माणका लागी सिद्धलेक गाउँपालिकाले आर्थिक सहयोग गरेको हो । नयाँ बर्ष २०८१ को पहिलो दिनकै अवसर पारेर सिद्धलेक गाउँपालिका वडा न ५ मा रहेको बलदेवी आमा समुहको भवन समुद्घाटन गरिएको हो ।

समुद्घाटन समारोहमा सिद्धलेक गाउँपालिकाका वडा न ५ का वडा अध्यक्ष बुधे घले, वडा सदस्य लगायत स्थानीय बुद्विजिवीहरुको उपस्थिति थियो ।

 

 

२ बैशाख २०८१, आईतवार ०६:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस