|  

विश्वविद्यालय र शिक्षा क्षेत्रमा गम्भीरताका साथ लाग्छु : प्रधानमन्त्री दाहाल

३ बैशाख २०८१, सोमबार १४:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर रहेको बताएका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्राध्यापक एवं प्राज्ञिकहरूसँगको सामूहिक भेटमा उनले मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँहरूमा पनि अवलम्बन गरिने बताए ।

देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

भेटका क्रममा प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरे ।

प्राज्ञिकहरूको तर्फबाट केदारभक्त माथेमाले प्रधानमन्त्री प्रचण्डको सोच र अडानका कारण विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु आफैँमा महत्वपूर्ण कुरा रहेको बताए ।

३ बैशाख २०८१, सोमबार १४:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस