|  

सिन्धुपाल्चोक तौथलीमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु !

७ बैशाख २०८१, शुक्रबार ०८:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ७, काठमाण्डौँ । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जानकारी दिए ।

घटनास्थलमै रहेका त्रिपुरासुन्दरी–५ का वडाध्यक्ष यादव श्रेष्ठले दुलहासहित ३२ जना घाइते भएको बताए ।

‘दुलहासहित ३२ जना घाइते छन् । गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएको छ । दुलहासहित अन्य घाइतेलाई वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको छ,’ उनले भने ।

७ बैशाख २०८१, शुक्रबार ०८:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस