|  

पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित

१० बैशाख २०८१, सोमबार १५:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १०, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र गौवर सम्मानबाट सम्मानित भएका छन् ।

नेकपा एमालेले नेकपा स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा गोदवारीमा आयोजना गरेको कार्यक्रममा भण्डारीलाई सम्मान गरको हो । एमालेको हिजो सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद् बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको थियो ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराई लगायतले संयुक्त रूपमा सम्मान गरेका हुन् ।

१० बैशाख २०८१, सोमबार १५:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस