|  

आजको राशिफल

२४ भाद्र २०७८, बिहीबार ०६:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


आज २०७८ साल भाद्र महिनाको २४ गते बिहीबार, भाद्र शुक्लपक्षको तृतीया तिथि । आज नेपाली महिलाहरुको महान चाड हरितालिका तीज रहेको छ । देश विदेशमा रहेका नेपाली महिलाहरुले यस चाड धुमधामका साथ मनाउने प्रचलन रहेको छ ।

मेष
बोलीको प्रभावकारीता भने बढ्ने हुँदा अरुको विश्वास जित्न सकिने छ । मनमा अस्थिरताका क्रम बढ्ने छ, सुख सन्तोषको अभाव मनमा भइरहने छ । रोजगारी तथा व्यवसाय दुबै क्षेत्रमा समय अनुकुल रहेको छ । छाति, मुटु, उच्च रक्तचाप तथा हृदयसँग सम्बन्धित विषयमा सतर्क रहनु होला । श्रम क्षेत्र, मजुदर परिचालन, ठेक्कापट्टा, फलाम जस्ता क्षेत्रमा सक्रियलाई अनुकुल रहने छ ।

वृष
पेशागत जीवन सकारात्मक रहने छ भने आम्दानीमा पनि केही बृद्धि हुने छ । परिवारप्रति समर्पित हुने मनमा तिब्रता आउने छ । व्यक्तित्वमा दृढता आउने छ तर रिस नियन्त्रणमा ध्यान दिनु होला । शिक्षा क्षेत्र, अध्यापक, शिक्षक, प्रशिक्षक, पत्रकारिता जस्ता क्षेत्रमा सहभागिहरुलाई सकारात्मक रहने छ । साझेदारीमा गरिएका काममा अबरोधहरु आउने छन् ।

मिथुन
व्यक्तित्वमा केही अस्वाभाविक लुलोपना देखिने छ । शितल खालको व्यक्तित्व बन्ने छ । भाग्यको साथ नरहेकाले कठिनाईहरु सामना गर्नु पर्ने छ । परिवारको पूर्ण साथ पाइने हुँदा असजिलो परिस्थितिसँग जुध्न मद्दत पुग्ने छ । फलामजन्य व्यावसाय, ग्यारेज, सार्वजनिक सवारीसाधन, भाडाका सवारीसाधन, नट बल्टुको कारोवारमा संलग्नहरुलाई समय प्रतिकुल छ ।

कर्कट
ब्यक्तित्वमा पनि दृढता नहुँदा अरुले हेप्ने छन् । मनोबलको गिरावट हुने छ । शारीरिक कमजोरीहरु देखा पर्दा आलस्यता आउने छ । खासगरी मांसपेशी तथा रगजन्य, हृदय, मुटु जस्ता विषयमा सतर्क रहनु होला । शारीरिक अभ्यास अनुशासित तरीकाले गरेमा फाइदा मिल्ने छ । पेशागत जीवनमा उतार चढाव देखा पर्ने भएकाले संयमित रहनु होला ।

सिंह
कर्मशिलतामा बृद्धि हुने छ भने आम्दानीमा पनि केही बृद्धि नै हुन पुग्ने छ । दाम्पत्य जीवनमा पनि चुनौति थपिने भएकाले सतर्क रहनु होला । भाग्यको साथ नरहेकाले विभिन्नखाले अड्चनहरु सामना गर्नु पर्ने र समाधानका लागि नै समय खर्चिनु पर्ने अवस्था आउने छ । घर घडेरीको व्यवसाय, सुरक्षा निकाय, होटल, रेष्टुरेण्ट, बाउन्सर जस्ता पेशामा आवद्धहरुलाई समय चुनौतिपूर्ण छ ।

कन्या
आम्दानीमा समस्या आउने छ । प्राप्त हुनु पर्ने रकम आउने छैन् । पेशागत जीवन स्थिर रहने छ ।साझेदारीमा गरिएका कामहरुमा गम्भीर बादबिबाद तथा असमझदारी आउने भएकाले संयमित रहनु होला । अध्यन अध्यापनमा भने मन जाने छ । विद्यार्थी जगतले प्रगति गर्ने छन् । चुनौतिपूर्ण पेशामा आवद्धहरुले सतर्कता अपनाउनु पर्ने समय छ ।

तुला
भाग्यको साथ रहनाले आँटिलो स्वाभाव देखा पर्ने छ । अध्ययन अध्यापनमा मन लाग्ने छ । पेशागत जीवनमा भने समस्या आउन जाने छ । आम्दानीमा पनि भारी गिरावट आउँदा पारीवारिक आर्थिक व्यवस्थापन गर्न चर्काे दबाब उत्पन्न हुन जाने छ । राजनीति, ब्यवस्थापन, वाणिज्य, स्टेसनरी, पत्रकारिता जस्ता पेशामा आवहरुलाई समय प्रतिकुल छ ।

वृश्चिक
पेशागत जीवनमा समस्या देखा पर्ने छ । विभिन्न खाले आरोप प्रत्यारोप पेशागत जीवनमा आउने भएकाले धैर्यतापूर्वक कदम चाल्नु होला । मनमा अत्याधिक उदासिनताले सताउने छ । पशुपालन, दुग्ध व्यवसाय, फेन्सि आइटमको ब्यापार, सौन्दर्य सामानका व्यापार, व्युटिपार्लर, सैलुन, गाडिको डिलर, पानीको ब्यापार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल छ ।

धनु
पारीवारिक सदस्यहरुका बीच कटुता बढ्ने छ । शारीरिक कमजोरी र मनोबल पनि कमजोर बन्ने छ । रगत, हृदय, छाति सम्बन्धि समस्या देखा पर्न सक्ने भएकाले विचार पुर्याउनु होला । स्वास्थ्य ठिक राख्नका लागि शारीरिक कसरत र योगाभ्यास गर्दा ठिक हुने छ । डाक्टर, मेडिकल पेशा, ठेक्कापट्टा, सर्जरी जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल छ ।

मकर
दृढ खाले ब्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् तर रिस भने धेरै उठ्ने छ । मनमा दुविधा अत्याधिक आउने भएकाले निर्णय क्षमतामा गिरावट आउने छ । दाम्पत्य जीवनमा भने कटुता आउने छ । साझेदारीमा गरिएका काममा समस्या आउने छन् । कुटनीति, पुरातात्विक कार्य, अनुसन्धान, औषधिको कारोवार, मनोपरामर्श जस्ता पेशामा आवद्धहरुलाई आम्दानीमा केही बृद्धि हुनेछ ।

कुम्भ
पेशागत जीवनमा भने स–साना समस्या आउने छन् । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउन जाने हुँदा आफै प्रति केही अविश्वास लागे जस्तो हुने छ । व्यक्तित्वमा दुविधा देखा पर्ने छ । धेरै जोखिमपूर्ण लगानीका निर्णयहरु गर्ने बेला रहेको छैन । शिक्षा क्षेत्र, ब्यवस्थापन, मनोपरामर्श जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय सकारात्मक रहने छ ।

मीन
जे जस्तो परिस्थिति भएता पनि मनमा सन्तोष लाग्ने छ । तर दुविधात्मक व्यक्तित्व भने हुनेछ । पेशागत जीवनमा उतारचढाव देखा पर्ने छ । अध्ययन अध्यापनमा रुचि लाग्ने छैन् । भाडाको सवारीसाधन, ढुवानीका सवारीसाधन, उद्योग कलकारखाना, श्रमिक, निर्माण क्षेत्र, सिमेण्ट, डण्डि आदी जस्ताको कारोवारमा रहेकाहरुलाई सकारात्मक अवस्था आउने छ ।

२४ भाद्र २०७८, बिहीबार ०६:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस