|  

चाउचाउ न्यून गुणस्तरको भेटिएपछि चौधरी ग्रुपलाई दुई लाख जरिवाना

१४ बैशाख २०८१, शुक्रबार ११:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । काठमाण्डौ महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले चौधरी ग्रुपलाई गुणस्तरहीन चाउचाउ भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । महानगरले सात दिनभित्र जरिवाना बुझाउन निर्देशन दिएको हो ।

गुणस्तर परीक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु धेरै रहेको पाइएपछि जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । तेलको गुणस्तर नभएका कारण चाउचाउमा एसिड भ्यालु धेरै भएको पाइएको हो । काठमाण्डौ महानगरको वडा ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरेर परीक्षण गरिएको थियो ।

 

१४ बैशाख २०८१, शुक्रबार ११:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस