|  

उपनिर्वाचनको सुरक्षा तयारी पूरा, मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह

१४ बैशाख २०८१, शुक्रबार ०६:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १४, काठमाडौँ । भोलि शनिबार सम्पन्न हुने इलाम क्षेत्रनम्बर २ र बझाङको प्रदेशसभा उपनिर्वाचनमा सुरक्षाको तयारी पूरा भएको छ । ती दुई क्षेत्रमा हुने निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायले सबै तयारी पूरा भएकाले ढुक्कका साथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ ।

दुवै क्षेत्रको निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरीले मतदाता, मतदानस्थल, मतपेटिका, उम्मेदवार र विशिष्ट व्यक्तिको सुरक्षाका लागि चाहिने सबै सुरक्षा प्रबन्ध मिलाएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीम ढकालले जानकारी दिए । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न हुन नदिने तत्वहरू सक्रिय हुन सक्ने आंकलन गर्दै त्यस्ता समूहको पहिचान गरी सुरक्षा व्यवस्था मिलाएको पनि उनले जानकारी दिए ।

१४ बैशाख २०८१, शुक्रबार ०६:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस