|  

आज सुनको मुल्य प्रतितोलामा एक लाख ३७ हजार दुई सय रुपैयाँ

१४ बैशाख २०८१, शुक्रबार ११:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । स्थानीय बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामै एक हजार चार सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य एक लाख ३६ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ ।

यस्तै, शुक्रबार चाँदी प्रतितोला एक हजार छ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ।

१४ बैशाख २०८१, शुक्रबार ११:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस