|  

व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

१४ बैशाख २०८१, शुक्रबार ०७:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १४, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नियमभन्दा बाहिर व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएका छन् ।

बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नियमभन्दा बाहिर खटिएका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता बोलाउन निर्देशन दिएका हुन् ।

१४ बैशाख २०८१, शुक्रबार ०७:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस