|  

आजको राशिफल

२३ आश्विन २०७८, शनिबार ०७:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वि.सं.२०७८ साल असोज २३ गते । शनिवार । ईश्वी सन् २०२१ अक्टोबर ०९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि– तृतीया, बिहान ११ बजेर १६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– विशाखा, बेलुकी ०९ बजेर १५ मिनेट उप्रान्त अनुराधा । योग– प्रिती,बेलुकी ११ बजेर २९ मिनेट उप्रान्त आयुष्मान । करण– गर, बिहान ११ बजेर १६ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर ०६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–तुला दिउसो ०३ बजेर ३९ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३९ मिनेट । दिनमान २९ घडी ०७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाईलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथिको सहयोगले राम्रा हुनेछन् । व्यापार फस्टाएर जानेछ भने रुपैया पैसा लगानि गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । बिद्यामा स्कलर्सिप प्राप्त हुनेछ भने सहपाठिहरुलाई पछी पार्दै नतिजा हात पार्न सकिनेछ । साझको समय मध्ययम रहेकोले भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा सहपाठी हरुलाई किनारा लगाउदै एक कदम अगाडी बढ्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना स्वास्थ्य सम्वन्धी समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी बीच बिश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने बिभिन्न वस्तु तथा उपाहार प्राप्त हुनेछ । व्यावसायकै सवालमा रमाईलो यात्रा गर्न सकिनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईँको प्रस्तुतिले सबैको मन आकर्शित गर्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यावसायमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईँदेखी रिसाउनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । साझपख अध्ययन तथा अध्यापनबाट भनेजस्तो नतिजा आउनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आट,शाहस तथा पराक्रमा बृद्धि भएर जाने हुनाले उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङमा रमाउने चाहनेहरुला लागी समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरिको योग रहेकोछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारीता क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । साझपख यात्राको गतिलो योग रहेकोछ भने न्यायिक निर्णय तपाईकै पक्षमा हुनेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) विशेष अवसरमा आकर्षक उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ । ईमान्दारिता र मेहनेतले आत्म विश्वासमा बृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउदा मन हर्सित हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्वसँग राय बाजिनेछ । तरपनि विदेशी सामानको व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तथा कामको शिलशिलामा विदेशी भूृमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बैकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारी साधन जोड्न सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु ह्ल भएर जाने तथा पुराना समस्याहरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । धेरै समय दिएमात्र व्यापार व्यावसायमा आम्दानी गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । साझपख समय राम्रो रहेकोले रमाईलो यात्रा हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

२३ आश्विन २०७८, शनिबार ०७:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस