|  

धुनिबेशी नगरपालिका ३ र ९ नम्बरको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

२ असार २०७८, बुधबार २२:१४ प्रकाशित
प्रदेशहब संवादाता

रोशन नेपाल


धुनिबेशी नगरपालिका वडा नं. ३ र ९ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । वडा नम्बर ३ रमाईलोचौरमा र ९ नम्बरको नयाँ वस्ती टायलघरमा निर्माण गरिएको भवनको नगरप्रमुख बालकृष्ण आचार्यले बुधबार उद्घाटन गर्नुभएको हो ।

वडा कार्यालय उद्घाटन कार्यक्रममा नगर उपप्रमुख निरु खरेल, वडा अध्यक्ष प्रकाश हमाल, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल लगायतको सहभागिता रहेको थियो ।

भवन निर्माणको लागि नगरपालिकाले ज्वालामुखी हरित तारा जेभी सँग सम्झौता गरेको हो । गत महिनाको जेठ ३० गते निर्माण सम्पन्न गर्ने गरि गत वर्षको असार १८ गते देखी काम सुरु भएकोमा गत महिनाको जेठ १६ गते नै निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

भवनका लागि २ करोड २३ लाख ५८ हजार रुपैँया बराबरको स्टिमेट भएकोमा १ करोड ६३ लाख ८५ हजार रुपैँयामा ठेक्का सम्झौता भएको थियो ।

२ असार २०७८, बुधबार २२:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस