|  

नयाँ सरकार गठनको रस्साकस्सी : जसपामा दुई धार

१५ फाल्गुन २०७७, शनिबार २१:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाली राजनीतिमा अनौठो दृश्य देखिएको छ । प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला सर्वोच्च अदालतले गरेसँगै नयाँ सरकार गठनको रस्साकस्सीका बीच नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कानुनी रुपमा कहिले विभाजित होला भन्ने प्रतिक्षामा केही दलहरु देखिएका छन् । नेकपा ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष भएर राजनीतिक रुपमा विभाजित भएपनि कानुनी रुपमा एकै हुँदा नयाँ सरकार गठनको कोर्स अघि बढ्न नसकेपछि राजनीतिमा यस्तो दृश्य देखिएको हो ।
सरकारको नेतृत्व हाल नेकपाको केपी ओली पक्षले गरिरहेको छ । तर सर्वोच्चको फैसलापछि ओली सरकारलाई विस्थापित गर्न अर्थात नयाँ सरकार गठनका लागि नेकपाकै प्रचण्ड–नेपाल पक्षले सुरुमा काँग्रेस र त्यसपछि जनता समाजवादी पार्टी नेपाल ९जसपा० सँग छलफल गरिसकेको छ । तर दुबै दलले प्रचण्ड–नेपाल पक्षको दलको आधिकारिकताको प्रश्न उठाएका छन् ।
त्यसमाथि अविश्वासको प्रस्तावमार्फत ओलीलाई हटाउनका प्रचण्ड–माधव पक्षले सांसद संख्या पुर्याउनका लागि विभिन्न दललाई गुहार लगाइरहेको छ भने आफ्ना बचाउका लागि संसद संख्या पुर्याउनका ओली पक्षले पनि दलहरूको दैलो चहारिरहेको छ ।
सोही क्रममा नेकपा प्रचण्ड–माधव पक्षले काँग्रेसपछि जसपासँग एक चरण छलफल सकेको हो । छलफलका क्रममा सो पार्टीका नेताहरुले ‘तपाईंहरु कहिले विभाजित हुनुहुन्छ’ भनि प्रश्न गरेका थिए ।
प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसपा नेपाल आफ्नो पक्षमा रहेको र आफूलाई साथ दिने बताउँदै आएका छन् । उनले नेकपा, काँग्रेस र जसपा मिलेर सरकार बनाउने भनि अभिव्यक्ति पनि दिएका छन् । तर जसपा नेपालका नेताहरुले नेकपा विभाजन नभएसम्म सरकार गठन वा सरकारमा सहभागी बारेमा कुनै छलफल गर्न नसकिने प्रतिक्रिया दिएका छन् ।रातोपाटी अनलाईनले समाचार लेखेको छ ।

१५ फाल्गुन २०७७, शनिबार २१:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस