|  

नौबिसे प्रथामिक अस्पताल भवनको शिलान्यास

१३ श्रावण २०७८, बुधबार २१:२९ प्रकाशित
प्रदेशहब संवादाता

रोशन नेपाल


धुनिवेशी । ५ करोड ४३ लाख १४ हजार ७ सय ९५ रुपैँया लागतमा नौबिसे प्रथामिक अस्पताल भवन निर्माण हुने भएको छ ।
धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ७ नौविसेमा नौविसे आधारभुत अस्पतालको बुधवार शिलान्यास गरिएको छ । नगरप्रमुख बालकृष्ण आचार्य, उपप्रमुख निरु खरेल, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल लगायतले सँयुक्त रुपमा अस्पतालको शिलान्यास गरेका छन् ।
नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङले अस्पतालको भवन निर्माण गर्न लागेको हो । निर्माणको जिम्मा कविन्द्र नव सिर्जनशिल पि.एम.के जेभीले पाएका छन् ।


मु.अ.कर बाहेक ५ करोड ४३ लाख १४ हजार ७ सय ९५ रुपैँयामा अस्पताल भवन निर्माणका लागि सम्झौता भएको नगरपालिकाले जनाएको छ । विभिन्न ३८ वटा कोठाहरु रहेको भवन निर्माण १८ महिनामा सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

१३ श्रावण २०७८, बुधबार २१:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस