|  

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले खोले गजुरीमा सम्पर्क कार्यालय, विकास र जनगुनासोको सम्बोधन हुने

२१ मंसिर २०७८, मंगलवार ०९:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ – धादिङको गजुरीमा, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको स्वकिय सचिवालयको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

सोमबार, एक कार्यक्रमका वीच मुख्यमन्त्री पाण्डेको सचिवालयको सम्पर्क कार्यालय स्थापना गरिएको हो । मुख्यमन्त्रीको स्वकिय सचिवालय मातहत रहनेगरी गजुरीमा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

उक्त कार्यालयको आजै मुख्यमन्त्री पाण्डेले रिवन काटेर उद्घाटन गर्नुभएको छ । कार्यालयको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले अव योजना माग गर्न र गुनाशो गर्नका लागी प्रदेश सदरमुकाममा जानु नपर्ने बताउनु भयो । पाण्डेले बिकास निर्माणका काम , बिकाशे योजना, गुनाशो लगायतका कामहरु लिएर प्रदेश सदरमुकाम जानुपर्ने बाध्यता अन्त्यका लागी र जिल्लाबाशहिरुको सहजताको लागी सम्पर्क कार्यालय स्थापना गरिएको समेत बताउनुभयो ।

त्यस्तै उहाँले आफ्नो कार्यकालमा बिकाश निर्माण तथा अन्य योजनाहरु कार्यालयमा टिपाउनसमेत जिल्लाबाशीहरुमा आग्रह गर्नुभएको छ ।

२१ मंसिर २०७८, मंगलवार ०९:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस