|  

सडकमा भेटेको ३ लाख स्थानियद्धारा संबन्धित व्यक्तिलाई फिर्ता

२ असार २०७८, बुधबार २२:३३ प्रकाशित
प्रदेशहब संवादाता

दिपेश कडेल


धादिङ, बेनिघाट रोराङ गाउँपालिका बेनिघाटका सुदिप बिसुरालले सडकमा भेट्टाएको ३ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् ।
बेनिघाट बजारमा स्थित सडकमा बुधबार दिउँसो भेट्टाएको उक्त पैसा माछापुच्छ्रे बैंक बेनिघाटमा कार्यरत कर्मचारी बिसुरालले पैसा सँगै भेटिएको डायरीमा रहेको नम्बरमा फोन गरी संबन्धित व्यक्ति हरि नेपालीलाई फिर्ता गरेका हुन् ।

नारायणगढबाट काठमाडौं जाँदै गरेका हरि नेपालीले नगद रु ३ लाख सहिद आफ्नो झोला हराएको मलेखु पुगेपछि थाहा पाएका थिए । ‘म झोला खोज्दै फेरि फर्किएर मुग्लिन पुगेको थिए । विसुराल सरले फोन गर्नु भयो । प्रहरीको रहोवरमा मैले उक्त पैसा बुझे ।’

आफ्नो पैसा फिर्ता गर्ने विसुराललाई धन्यावाद स्वरुप १० हजार दिन खोजेको म समाजसेवी हो लिन्न भनेर लिन मान्नु भएन पछि स्थानीयले ५ हजार भएपनि लिग भने पछि ५ हजार धन्यावाद स्वरुप प्रदान गरेर नेपाली गन्तव्य तर्फ लागेका हुन् ।

२ असार २०७८, बुधबार २२:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस