|  

ट्रक ले मोटरसाइकल लाई ठक्कर दिँदा किरान्चोक का सुमन को मृत्यु

२५ श्रावण २०७६, शनिबार १९:०५ प्रकाशित
प्रदेश हव न्युज डेक्स


काठमाडौ महानगरपालिका–१५ ठूलो भर्‍याङमा सवारी दुर्घटना हुँदा एकको ज्यान गएको छ । ठूलो भ र्‍याङको मुख्य सडकमा ना ७ ख १३८१ नंबको ट्रकले बा ४५ प २७७४ नंम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका–७ किरान्चोक का २० वर्षीय सुमन मग्रातीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रविकुमार पौडेलले दुर्घटनामा गम्भीर घाइते मग्रातीको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

२५ श्रावण २०७६, शनिबार १९:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस