|  

नुवाकोटको कोल्पुखोला मा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर २ जनाको मृत्यु

२८ श्रावण २०७६, मंगलवार ०७:४५ प्रकाशित
प्रदेश हव न्युज डेक्स


नुवाकोट– अबैध रुपामा बालुवा उत्खनन गरि बनाएको खाल्डोमा डुबेर दुई जनाको ज्यान गएको छ ।
ककनी गाउँपालिका वडा नं १ ओखरपौवा स्थित कोल्पुखोला किनारमा अबैध रुपमा बालुवा उत्खनन्को क्रममा बनेको खाल्डोमा जमेको पानीमा डुबेर दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

खाल्डोमा जमेकको पानीमा डुबेकी स्थानिय राजेन्द्र बलामिकी १३ वर्षकी छोरी बिनिता बलामीलाई बचाउन गएकी सिन्धुलीको फिक्कल गाउँपालिकाकी ३५ वर्षीय लक्ष्मी तामाङको पनि डुबेर ज्यान गएको स्थानीयले बताएका छन।

सोमबार साँझ ६ बजेतिर खोला किनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको स्थानीय राजन न्यौपानेले जानकारी दिए ।

गैर-जिम्मेवारी तरिकाले खोलामा एक्साभेटर प्रयोग गरी बालुवा उत्खनन् गर्नु र लापरवाही तरिकाले बालुवा जम्मा गर्न खाल्टो खन्ने कार्यको बिरोध गर्दै यस्तो प्रकारका अवान्छित गतिविधि तत्काल वन्द गर्न स्थानीयले प्रशासनसंग माग गरेका छन ।

केही दिन अघि मात्र धादिङको को गजुरी ६ मा बालुवा निकाल्न बनाएको खाल्डो मा परि दुई जना को ज्यान गएको थियो।

२८ श्रावण २०७६, मंगलवार ०७:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस