|  

हेल्पिङ्ग ह्यान्ड के.इ.सि द्वारा बिधालयलाई लाइब्रेरी हस्तान्तरण

२९ मंसिर २०७६, आईतवार १७:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौ इन्जिनियरिङ कलेजमा अध्यनरत विद्यार्थीहरुको समूह H-HELP ( Helping Hands an Effort to Lift People) ले प्रोजेक्ट “टुगेदर वि क्यान” मार्फत नुवाकोटमा लाइब्रेरी हस्तान्तरण गरेका छन।
२०७६ असाढ ३ गते क्लब ले काठमाडौ इन्जिनियरिङ कलेज मा च्यारिटी शो क्रायक्रम बाट उठेको रकम बाट ग्रामीण भेग मा अवस्थित बिद्यार्थी हरुलाइ प्राविधिक ज्ञान वृद्धि गर्ने उद्देश्यले बिदुर नगरपालिका वार्ड न ८ मा अवस्थित श्री भैरम माध्यमिक बिधालय लाई कम्प्युटर १ थान , स्टेशनारी सामाग्री , खेल्कुद सामाग्री इत्यादी बितरण गरिएको क्लब का निवर्तमान अध्यक्ष बिक्रम पौडेल ले जानकारी दिनुभयो ।
आगामी दिन हरुमा पनि विकट र बिपन्न क्षेत्रहरूमा अबस्थित बिधालयहरुमा सहयोग गर्दै जाने वर्तमान अध्यक्ष आविस्कार पोख्रेल ले प्रतिबद्धता जनाउनु भयो ।
भख्खरै सुरु भएको जाडो मौसम लाई मध्यनजर गर्दै गरिव तथा जेहेन्दार बालबालिकाहरुलाइ न्यानो कपडा बितरण गर्न लागेको
प्रस्तुति पाण्डेले जानाकारि दिनुभयो ।

२९ मंसिर २०७६, आईतवार १७:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस