|  

बागमती प्रदेशका २५ वटा सामुदायिक बिद्द्यालयलाइ बस

२१ फाल्गुन २०७६, बुधबार १३:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालय बस कार्यक्रमका लागि प्रदेश भरीका २५ वटा विद्यालयलाई छनौट गरेको छ ।

प्रदेशका १३ वटै जिल्लाका २५ सामुदायिक विद्यालयलाई बस खरिदको लागि अनुदान दिन छनौट गरेको हो । विद्यालय बस सेवा कार्यक्रमका लागि छनौट भएका विद्यालयहरुलाई अनुदान रकमको सम्झौता गर्नका लागि सूचना जारी गरिसकिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

बस खरिद अनुदानको लागि मन्त्रालयले हरेक विद्यालयका लागि २५ लाखका दरले हस्तान्तरण गर्नेछ । प्रदेशका १३ वटा जिल्लाका सामुदायिक विद्यालयलाई २ वटाका बस खरिदको लागि अनुदान रकम दिइने भएको हो । रसुवा जिल्लाको भने एक विद्यालयलाई मात्र विद्यालय वस कार्यक्रमका लागि अनुदान रकम दिन लागिएको मन्त्रालयका शिक्षा महाशाखाका प्रमुख दिपेन्द्र सुवेदी जानकारी दिनु भयो ।

मन्त्रालयले विद्यालय मर्ज भएका, ढाटाबाट विद्याथी आउनुपर्ने बाध्यता भएका, सडक सञ्जालले जोडिएका विद्यालयलाई छनौट गरेर बसका लागि अनुदान दिन लागिएको हो ।

काठमाडौंको गोकर्ण मावि, दोलखाको हनुमन्तेश्वर मावि र क्षत्रवती मावि, धादिङको बागेश्वरी मावि, धादिङ गल्छीको सोही नाम गरेको बागेश्वरी मावि, नुवाकोटको महादेव मावि, भक्तपुरको सरस्वती मावि, रामेछापको मन्थली माविलाई छनौट गरिएको छ ।

यसैगरी रसुवाकै कालिका हिमालय मावि, तामाकोसी जनजागृति मावि, ललितपुरको सरस्वती मावि, सिन्धुपाल्चोकको तेर्से मावि, सिन्धुलीको प्रगतिशील मावि, काठमाडौंको कान्तिभैरव मावि, काभ्रेको कुशादेवी मावि र प्रभा माविले बस पनि बस खरिदको लागि अनुदान पाउनेछन् ।

त्यस्तै, चितवनको भण्डारा मावि र हिमालय दण्डपाणि न्यौपान मावि, नुवाकोटको चण्डेश्वरी मावि, भक्तपुरको बागेश्वरी मावि, ललितपुरको विश्वमित्र गणेश मावि, सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्या मावि, सिन्धुलीको जनजागृति माविलाई बस खरिदका लागि अनुदान दिन लागिएको समाचार जनपत्रमा छापिएको छ ।

२१ फाल्गुन २०७६, बुधबार १३:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस