|  

तपाईंको यो साता (साप्ताहिक राशिफल )

१७ श्रावण २०७८, आईतवार ०७:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको समय राम्रो रहेकोले पुराना कमिकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनीति तथा सामाजिक काममा समय दिनेहरुका लागी समय उत्तम रहेकोछ । पारिवारीक माहोलामा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता र मेहनेतले आत्मबिश्वासमा बृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले नयाँ प्रविधी तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । भौतिक सम्पतीको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने बस्त्र तथा अलङकार उपाहार पाईनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । तरपनि यात्रा गर्दा वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बुधबार दिउसोसम्मको समय मध्ययम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्याक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तरपनि विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेकोछ । बुधवार साझबाट समय राम्रो रहेकोले समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रबृधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बुधवार दिउसोसम्मको समय राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रशन्न हुनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुदा गुरुवर्ग तथा आफन्तहरु खुशि हुनेछन् । दाजुभाई तथा अग्रजहरुको सहयोग पाईनाले नयाँ काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । बुधवार साझबाट समय मध्ययम रहेकोले आम्दानी भन्दा खर्च बढ्नाले दैनिकी असहज हुनसक्छ ध्यान दिनुहोला । लगानी बढाएपनि आम्दानी कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशंका गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ । तरपनि पढाइ लेखाइमा सोचेजस्तो नतिजा ल्याउन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय राम्र्रो रहेकोले बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्र तथा बित्तिय क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ । ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) समय राम्रो रहेकोले लामो दुरीको धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिती रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ । भाग्य तपाईको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । प्रेमिका तथा साथिभाईले सहयोग गर्ने हुनाले एक कदम अगाडि बढि प्रगती गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ । तरपनि सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) साताको सुरु र अन्तको समय राम्रो रहेकोले समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म लगाएत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ भने पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । सोमवारबाट बुधवार दिउसोसम्मको समय मध्ययम रहेकोले व्याक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनु होला । आलश्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धी हासिल हुनेछ । अध्ययनमा अलि बढिनै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुनसक्छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगती हुनेछ । बिहीवारबाट समय मध्ययम रहेकोले संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारको शिलशिलामा छोटो दुरिको यात्रा हुने अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विश्वासको वाताबरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । सामाजिक सञ्जाल तथा प्रबिधिको प्रयोग मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउदै व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । उपहार तथा भौतिक सम्पती हात लागी हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरुले पद पाउने योग रहेकोछ । सोमवारबाट बुधवार दिउसोसम्मको समय मध्ययम रहेकोले साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । तरपनि कृषि पेशा व्यावसायमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आÏनै मेहनेतले व्यावसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा मन जानेछ भने पढाइकै सवालमा यात्रा हुनेछ । बिहीवारबाट समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न ।

तपाईको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा भण्डारी ।

१७ श्रावण २०७८, आईतवार ०७:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस