|  

स्थानीय निर्वाचन लक्षित देश दौडाहामा प्रचण्ड निस्कने

२६ फाल्गुन २०७८, बिहीबार १२:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको देश दौडाहा सुरु भएको छ । स्थानीय निर्वाचन लक्षित देश दौडाहामा प्रचण्ड निस्कन लागेका हुन् ।

बुधबार बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ताको भेला तथा प्रशिक्षण सम्पन्न गरेको माओवादी केन्द्रले अब अन्य प्रदेश स्तरमा कार्यक्रम गर्ने निधो गरिसकेका छन् ।

सचिवालय स्रोतका अनुसार, प्रदेशस्तरीय कार्यक्रमका लागि कार्यसूची समेत तयार भइसकेको छ । बागमतीबाट सुरुवात भएको प्रदेश स्तरीय कार्यक्रम मधेस प्रदेशमा पुगेर सकिने छ ।

यस्तो छ कार्यसूची–
१. फागुन २७ गते – कर्णाली प्रदेश
२. फागुन २९ गते – प्रदेश १
३. फागुन ३० गते – सुदूरपश्चिम
४. चैत १ गते – उपत्यका
५. चैत ३ गते – लुम्बिनी
६. चैत ६ गते – गण्डकी
७. चैत ८ गते – मधेस

२६ फाल्गुन २०७८, बिहीबार १२:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस