|  

सत्ता गठबन्धनको बैठक आज बस्दै, चुनावी तालमेलको विषयमा टुङ्गो लगाउने

२८ चैत्र २०७८, सोमबार ०९:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । चुनावी तालमेलको विषयमा टुङ्गो लगाउन बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठक बिहान ९ बजे बस्दैछ ।
आइतबार बसेको स्थानीय निर्वाचन अनुगमन तथा परिचालन समितिको बैठकले शीर्ष नेतालाई तालमेलको मोडालिटी टुंगो लगाउने जिम्मा दिएको थियो ।

समितिका सदस्य तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बालुवाटारमा बसेको समितिको बैठकमा स्थानीय तहबाट प्राप्त प्रतिवेदनबारे छलफल भएको बताए । अधिकांश स्थानीय तहबाट प्रतिवेदन आइसकेको उनले बताए
‘सोमबार(आज) बस्ने शीर्ष नेताको बेठकले तालमेलको मोडालिटी तय गर्नेछ । आज सामान्य छलफल मात्रै भयो,’ उनले भने ।

सरकारमा रहेको पाँच दलले स्थानीय निर्वाचनमा गठबन्धन गर्न कांग्रेस नेता पौडेलको नेतृत्वमा संयन्त्र तयार गरेको थियो ।

२८ चैत्र २०७८, सोमबार ०९:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस