|  

गुठी समस्या समाधान नभए संघ र प्रदेशको निवार्चन ज्यामरुङबासीले बहिस्कार गर्ने

२१ बैशाख २०७९, बुधबार १८:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


श्री ५ को बायु गुठी समस्या समाधान नभए संघ र प्रदेशको निर्वाचन बहिस्कार गर्ने नीलकण्ठ नगरपालिका–११ का वडा अध्यक्षका उम्मेद्वारहरुले प्रतिबद्धता जनाएका छन् ।

बुधबार वडा कार्यालय चामभञ्ज्याङमा आयोजित अन्तरकृया कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा(माओवादी केन्द्र) र राप्रपा बाट वडा अध्यक्षका उम्मेद्वारहरुले सो प्रतिबद्धता जनाएका छन् ।

वडा अध्यक्षका प्रत्याशीहरु

श्री ५ को बायुगुठी संघर्ष समितिको आयोजनामा भएको कार्यक्रममा प्रतिबद्धता जनाउँदै नेकपा९माओवादी केन्द्र०बाट वडा अध्यक्षका उम्मेद्वार चन्द्र बहादुर लम्सालले आफू निर्वाचित भएमा संघर्ष समितिलाई आवश्यक पर्ने आर्थिक सहयोगका लागि नीतिगत व्यवस्था गर्ने र यदि संघ र प्रदेशको निर्वाचन अगावै समस्या समाधान नभए आफ्नो दलका उम्मेद्वारलाई भोट माग्न गाउँ प्रवेशमा रोक लगाउने प्रतिबद्धता जनाउनु भयो ।

यस्तै नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार राम बहादुर श्रेष्ठले आफू संघर्ष समितिको पदाधिकारीमै रहेर काम गरिरहेको बताउँदै समस्या समाधान नभएको खण्डमा संघ र प्रदेशको निर्वाचन नै बहिस्कार गर्ने प्रतिबद्धता जनाउनु भयो ।

यस्तै नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार उमेश विष्टले राजनैतिक आग्रह पूर्वाग्रहमा नलागि समस्या समाधानतर्फ सबै दल र नागरिकहरु लाग्नुपर्ने बताउँदै यदि अरु दलहरु निर्वाचन बहिस्कार गर्न तयार रहेमा आफ्नो तर्फबाट पनि पूर्ण रुपमा साथ रहने प्रतिबद्धता जनाउनु भयो ।

राप्रपा लिङ्देन समूहका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार श्याम श्याम विक्रम शाहले आफू निर्वाचित भएमा १ महिनाभित्रमा गुठी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो ।

संघर्ष समितिका अध्यक्ष ईश्वरी प्रसाद लम्सालले गुठी समस्या समाधानको अन्तिम चरणमा पुगेको बताउँदै सम्पूर्ण ज्यामरुङबासीलाई समस्या समाधान नभए आन्दोलनमा उत्रिन समेत आह्वान गर्नुभयो ।

साबिकको ज्यामरुङ, कटुञ्जे र गोरखा थुमी सहित करिब ३५ सय घरघुरीहरु श्री ५ को बायुगठी समस्याबाट पीडित छन् ।

२१ बैशाख २०७९, बुधबार १८:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस