|  

रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह,

२२ आश्विन २०७९, शनिबार १६:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ। अछाम- १ बाट एकल सिफारिसमा परेका नेता रावललाई टिकट नदिएपछि एमाले अछाम जिल्ला कमिटी सचिवालयका ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका हुन्।

राजीनामा दिनेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन्। अछाममा बाँकी एमाले नेताहरुले विद्रोहको तयारीसमेत गरेको एक नेताले बताए। बाँकी ९ जना जिल्ला स्थिति पार्टीको विभिन्न जिम्मेवारीमा रहेका नेताहरू हुन्। रावलले अछाम १ मा टिकट नपाएपछि त्यसको असर २ मा पनि देखिएको छ।

पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पुरै बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरूले पार्टी छाडेको उनीहरूले बताएका छन्। अछाम १ बाट रावलको नाम एकल रुपमा सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएका थिएनन्। ओलीले रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट दिएका थिए। बोहोरा नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका हुन्।

२२ आश्विन २०७९, शनिबार १६:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस