|  

धादिङ १ को प्रदेश सभा २ मा शालिकराम जम्कटेल निर्विकल्प !

१९ कार्तिक २०७९, शनिबार १७:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


यसै पनि धादिङ जिल्ला वाम–लोकतान्त्रिकहरूको किल्ला हो । ०७४ को चुनावमै माओवादी केन्द्रका नेता शालिकराम जम्कटेलले राम्रै मतान्तरले जितेका हुन् ।
केपी ओलीले प्रतिगमन लाद्ने प्रयास गरेपछि पुरानो समिकरण भत्किएको छ । र, स्थिरता र अग्रगमनको जनअपेक्षा साकार पार्न अहिले देश व्यापी वाम–लोकतान्त्रिकहरूको समिकरण बनेको छ ।
नयाँ समिकरणले, फेरि उनै जम्कटेललाई यही क्षेत्रमा स्वाभाविक खडा गरेको छ । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवम् हाल बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेल सरकार गठबन्धनको एक शक्तिशाली उम्मेदवार हुन् । हुनत धादिङ क्षेत्र नं. १ को प्रदेश सभा २ मा माओवादी केन्द्र स्थानीय चुनावको मत परिणामको आधारमा ठुलै शक्ति हो । जम्कटेलको व्यक्तित्व र गठबन्धनको एक ढिक्को यात्रा अनि विपक्षी एमालेभित्रको चरम अन्तरविरोधले जम्कटेललार्ई अहिले नै विजयको सन्निकट पु–याइसकेको छ ।
उमेरले ५१ वर्ष पुगेका शालिकराम जम्कटेल नेपालको कम्युनिष्ट आन्दोलन र मजदुर आन्दोलनको सफल नेता हुन् । शान्तिप्रक्रियासँगै संविधानसभाबाट नयाँ संविधान निर्माण चरण र त्यसक्रमका पार्टीगत, राजकीय जिम्मेवारीमा उनले आफूलाई जनपक्षधरतामा अरु भन्दा खरो सावित गरेका छन् । अहिले बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको पदमा बहाल रहँदा धादिङको विकास निर्माणमा उल्लेख्य भुमिका बहन गरेका जम्कटेल जिल्लामा विकासको लहर ल्याउने नेताको रुपमा परिचित छन् । एकिकृत रुविभ्याली कार्यक्रम, आमदघाट किराञ्चोक ग्रामिण सडक कालोपत्रे योजना लगायत प्रदेश सरकारको गौरवका दर्जनौं योजना जम्कटेलको नेतृत्वमा भई रहेको कारण पनि धादिङगे जनताले निर्विकल्प उम्मेदवारको रुपमा लिएका छन् ।
यससँगै शालिकराम जम्कटेलले निर्वाचन क्षेत्र केन्द्रीत आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन तथा कृषिको विशेष योजना र कार्यक्रमहरू समेत जाहेर गरेका छन् । विकास एक औपचारिकता मात्र होइन, त्यसले जनताको जीवन समेट्नुपर्छ, विकासले जनताको न्याय बोक्नुपर्छ भन्ने जम्कटेलले मान्यतामा लिएका छन् । स्थानीय चुनावको मत परिणामका आधारमा गठबन्धन दलहरू र एमालेको फराकिलो मतान्तर छ । ठूलो मतदाता संख्या ओगट्ने धादिङको बेनिघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिका माओवादी केन्द्रले जित हाँसिल गरेको छ । धादिङको क्षेत्र नं. १ को प्रदेश सभा २ मा गजुरी गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिका पर्दछ ।
जम्कटेलको प्रतिद्वन्द्वीका रूपमा एमालेले गजेन्द्र थपलियालाई अगाडि सारेको छ । जिल्लामा पार्टि गतिविधीमा कमै देखिने थपलिया उमेदवारका रूपमा देखापरेपछि एमालेको एउटा पंक्ति आक्रोशित र निरास छ । यति मात्रै हैन एमालेका उम्मेदवारलाई हैन गठबन्धनका उम्मेदवारलाई आन्तरिक रुपमा भोट माग्न एमालेकै कार्यकर्ताहरुले बताउने गरेका छन् । एमालेका महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरु कमजोर संगठनका कारण अनिच्छा गरेका कारण पूर्व प्रधानमन्त्री केपी वलीको सचिवालमा काम गरेका थपलियालाई छोडेका हुन् ।
राप्रपा, स्वतन्त्र र अन्य साना दल वरिपरिका राजावादीको यहाँ खासै हिसाव छैन ।
अनि काँग्रेसका महाधिवेशन प्रतिनिधी तथा जिम्मेवार नेता हरु प्रभात किरण सुवेदी, उर्मिला थपलिया लगायत अन्य नेताहरु गठबन्धन पक्षमा अहोरात्र खटेका छन् । यो सँगै एकिकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष समेत रहेका बागमती प्रदेश सरकारका मुख्य मन्त्रि राजेन्द्र प्रसाद पाण्डे पनि संघिय क्षेत्रका उम्मेदवारको रुपमा रहेका छन् । त्यसैले धादिङ क्षेत्र नं. १ को प्रदेश सभा २ मा शालिकराम जम्कटेल निर्विकल्प जीत सन्निकट छन् ।

१९ कार्तिक २०७९, शनिबार १७:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस