|  

आजको राशिफल : २०८० साउन २१ गते (आइतवार)

२१ श्रावण २०८०, आईतवार ०५:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ र रचनात्मक कार्यबाट अरूको मन जित्न पनि सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजबाट नयाँ कार्यको थालनी हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दानपुण्यका कार्यमा पनि सहभागी भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन बढी फलदायी नै रहने र लाभदायक यात्रा रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । शुभ कार्यमा सरिक पनि भइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नो चलाखीपनले कार्य सिद्ध हुनसक्छ । धार्मिक यात्रा तय हुनेछ । वाहन लाभ हुने समय पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट सजग रहनु । सवारी चलाउँदा सचेत रहनुहोला, साँझमा भने मन खुसी रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
धर्मकर्ममा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो,दा)
महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । व्यापार व्यवसायमा प्रगति होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । शुभ कार्यमा सरिक भइनेछ ।

२१ श्रावण २०८०, आईतवार ०५:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस