|  

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी भित्र दुर्गा भवानी माताको मन्दिर शिलान्यास

४ आश्विन २०८०, बिहीबार १८:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी भित्र दुर्गा भवानी माताको मन्दिर शिलान्यास गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख रबिन्द्र कुमार श्रेष्ठद्धारा मन्दिर शिलान्यास गरिएको हो ।

मन्दिर निर्माण यहि असोजको दसैँसम्ममा निर्माण सक्ने मुख्य लक्ष्य रहेको प्रमुख श्रेष्ठले बताएका छन् । जम्मा अनुमानित २ लाख लागतमा मन्दिर निर्माण गर्न लागिएको र मन्दिर निर्माणमा आफ्नै जनशक्ति परिचालन गरिने प्रशासनले बताएको छ।सामान्य मन्दिर निर्माण छिटो सक्ने लक्ष्य रहेको समेत बताईएको छ ।

धार्मिक आस्थाको रुपमा परिसर भित्रै मन्दिर निर्माणले शान्तीको भावना अझै बढेर जाने श्रेष्ठको बिश्वास छ।

४ आश्विन २०८०, बिहीबार १८:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस