|  

आज साताको अन्तिम कारोबारमा पनि २८ अंकले घट्यो शेयर बजार !

१६ कार्तिक २०८०, बिहीबार १६:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । साताको पहिलो कारोबारमा दोहोरो अंकले गिरावट भएको शेयर बजार साताको अन्तिम कारोबारका दिन पनि दाहोरो अंकले घटेको छ ।

साताको पहिलो दिन आइतबार २८.१८ अंकले घटेर खुलेको नेप्से परिसूचक साताको अन्तिम कारोबारका दिन १०.८६ अंकले गिरावट भइ बन्द भएको हो ।
बिहीबार शेयर बजार १०.८६ अंकले गिरावट भइ १८४७.७० बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ३७ लाख ४९ हजार ९५४ कित्ता सेयरको खरिदबिक्री हुँदा ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँको कारोबार भएको छ ।

आज चन्द्रागीरी हिल्स लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआइबीएल प्रगती फण्डका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यसपत्री हाइड्रोपावर लिमिटेडको सेयर नकारात्मक सकिर्टका साथ सर्वाधिक गुमाउनेमा रहेको छ ।

बिहीबार उपसमूहतर्फ भने दुई समूह बाहेक ११ वटैको शेयर मूल्य घटेको छ ।

१६ कार्तिक २०८०, बिहीबार १६:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस