|  

चार वर्षमा ८ अर्बको कारोबार, फूलमा नेपाल कहिले आत्मनिर्भर ?

१७ कार्तिक २०८०, शुक्रबार १३:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नेपाल फूलमा आत्मनिर्भर उन्मुखको भएको दावी गरिँदै आएपनि आयात रोकिन सकेको छैन । सरकारी तथ्याङ्कअनुसार बर्सेनि ३० करोड रुपैयाँ भन्दा बढीको फूल आयात हुँदै आएको छ । गत चार वर्षको तथ्याङ्क केलाउँदा १ अर्ब ३२ करोड रुपैयाँको फूल आयात भएको देखिन्छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानका अनुसार आर्थिक वर्ष २०७९र०८० मा ३३ करोड ६ लाख ४८ हजार फूल आयात भएको छ ।

यस्तै, आर्थिक वर्ष २०७८र०७९ मा ३६ करोड ५३ लाख ५ हजार रुपैयाँको फूल आयात भएको छ । उता २०७७र०७८ मा ४० करोड ७२ लाख ३४ हजार रुपैयाँको फूल आयात भएको फ्यानको तथ्याङ्कमा उल्लेख छ । यस्तै, २०७६र०७७ मा २३ करोड ७७ लाख ३८ हजार रुपैयाँ फूलका लागि बाहिरिएको छ ।

फूल आयात मात्रै नभई नेपालबाट केही मात्रमा निर्यात पनि हुन्छ । तर, चार वर्षमा जम्मा २ करोड ७९ लाख रुपैयाँको फूलमात्र निर्यात भएको छ ।

यस क्रममा आर्थिक वर्ष २०७९र०८० मा ६८ लाख रुपैयाँको तथा २०७८र०८९ मा ९८ लाख रुपैयाँको निर्यात गरिएको छ ।

यस्तै, २०७७र०७८ मा ५३ लाख ८ हजार रुपैयाँ र २०७६र०७७ मा ६० लाख ५९ हजार रुपैयाँको फूल निर्यात भएको तथ्याङ्क छ ।

१७ कार्तिक २०८०, शुक्रबार १३:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस