|  

गैरकानुनी रुपमा भिसामा विदेश पठाउने धन्दामा संलग्न गिरोह नै पक्राउ

१९ कार्तिक २०८०, आईतवार १७:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा आज अहिलेसम्मकै ठूलै गिरोह प्रहरीको फन्दामा परेको छ । भिजिट भिसामा नेपालीहरुलाई नक्कली कागजात बनाएर विदेश लैजाने बहानामा गैरकानुनी रुपमा संलग्न १० जनालाई नेपाल प्रहरीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलन गर्दै आज उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाण्डौका विभिन्न ठाउँबाट नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरले नक्कली प्रहरी रिपोर्ट,नक्कली श्रम स्वीकृति,प्लस टुु को नक्कली सर्टिफिकेट,नक्कली नाता प्रमाणित प्रतिलिपि प्रतिवेदनका आधारमा अनुसन्धानबाट १० जना पक्राउ परेका जानकारी दिनुभयो । उहाँले नवलपुरको मध्यविन्दु नगरपालिका घर भएका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको बताउनुभयो ।

पक्राउ पर्नेहरूमा श्रेष्ठसहित गोर्खाका भक्तबहादुर थापा,विपिन ढकाल,अजित फेवाली,उदयपुरकाका आशिष श्रेष्ठ,काभ्रेपलाञ्चोकका जीवनराम तामाङ,काठमाण्डौका साईरस विशंखे,दीपक केसी र सल्यानका बलबहादुर रहेका छन् । एसएसपी राठौरले अनुसन्धानका क्रममा एक जना प्रहरी उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको बताउनुभयो । गिरोहले भिजिट भिषामा नक्कली कागजातमा पठाउने विषयमा कतिपय मानिसलाई थाहासमेत नभएको उहाँको भनाइ छ ।

प्रहरीले उनीहरूको साथबाट दुई सय ९६ वटा नक्कली कागजात बरामद गरेको छ । पक्राउ परेका दीपक केसीले भक्तबहादुर थापालाई ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरूबाट सङ्कलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजात बनाउन ुअर्डरु दिने र प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको छ ।

१९ कार्तिक २०८०, आईतवार १७:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस