|  

मखमली मालाको अत्याधिक माग उचित मूल्य नपाएकोमा व्यवसायी निराश

२२ कार्तिक २०८०, बुधबार १३:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 

मखमली फूलको मालाको माग अत्याधिक भए पनि मूल्य नपाएको किसानहरुको गुनासो छ । गुण्डुका किसानहरुले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका छन् ।

यो वर्षको तिहार ढिला भएकाले मखमली फूल सुक्न लागेको उनीहरुको गुनासो छ । एक हप्ता अगाडिदेखि माला उन्न र बिक्री गरिसक्न लागेको व्यवसायीहरुले बताए । गुण्डुका व्यवसायीहरुले भाइटीकाको दिन दाजुभाइलाई लगाउने मखमली फूलको मालाको उचित मूल्य नपाएको बताएका छन् ।

भक्तपुर सूर्यविनायक नगरपालिका गुण्डुकी राधा थापाले विगतका वर्षको जस्तो मखमली फूल र मालाको मूल्य पाउन नसकेको बताउनु भयो । उहाँले मेहनत अनुसार मखमली मालाको मूल्य भने जस्तो नभएको गुनासो गर्नुभयो । उहाँले व्यापार राम्रो भए पनि विगतका वर्षमा ३५ रुपैयाँसम्म प्रतिमाला बिक्री भएकोमा यस वर्ष २० देखि २३ रुपैयाँ भन्दा बढी मूल्य पाउन नसकेको बताउनु भयो।

२२ कार्तिक २०८०, बुधबार १३:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस