|  

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

२८ कार्तिक २०८०, मंगलवार ०७:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शनिबार हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर रहेको डलरको भाउ आज थौरै घटेको छ । युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने थोरै बढेको छ ।

आज १ अमेरिकी डलरको बिक्री दर १३३.६४ रुपैयाँ तय भएको छ । शनिबार १ डलरको मूल्य हालसम्मकै उच्च विन्दु १३३.६५ रुपैयाँमा पुगेको थियो। १ डलरको खरिद दर भने आज १३३.०४ रुपैयाँ छ ।

आज १ युरोको खरिद दर १४२.१६ रुपैयाँ र बिक्री दर १४२.८० रुपैयाँ रहेको छ । हिजो १ युरोको खरिद दर १४२.१४ रुपैयाँ र बिक्री दर १४२.७८ रुपैयाँ थियो । यस्तै, हिजो १६३.३७ रुपैयाँमा बिक्री भएको १ पाउण्डको बिक्री दर आज १६३.६७ रुपैयाँ पुगेको छ । आज १ पाउण्डको खरिद दर भने १६२.९३ रुपैयाँ रहेको छ ।

२८ कार्तिक २०८०, मंगलवार ०७:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस