|  

बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउनुपर्ने माग

२९ पुष २०८०, आईतवार ०६:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । उद्योगी तथा व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर एकल अङ्कमा कायम गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी सङ्घको ‘दशौँ वार्षिक साधारणसभा एवं पाँचौँ महाधिवेशन’को आज उद्घाटन गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले साना तथा मझौला व्यवसायीलाई व्यवसायको वातावरण बनाउन सरकारलाई आग्रह गएका हुन् ।

अध्यक्ष कार्कीले घरभाडा महँगो हुँदा व्यापारव्यवसायीलाई समस्या परेको भन्दै वैज्ञानिक घरभाडा लागू गर्न मागसमेत गरे । उनले चीनसँग जोडिएका नेपाली नाकामा व्यवसायीलाई समस्या परेको भन्दै यसलाई सहजीकरणका लागि कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरे । महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले जुत्ताचप्पल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्नुपर्ने बताए ।

२९ पुष २०८०, आईतवार ०६:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस