|  

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रको काम सुरु

२२ चैत्र २०८०, बिहीबार १२:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नारायणगढ – बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर कालोपत्र भएको छ । यस खण्डको ११३ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्छ ।

नवलपुरको गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमा हाल २९ किलोमिटर कालोपत्र गर्ने काम सकिएको निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनका ठेक्का सहव्यवस्थापक राकेश झाले बताउनुभयो । झाका अनुसार आउँदो साउनमा दोस्रो पटक थपिएको म्याद सकिने नारायणगढ–बुटवल सडक विस्तार योजनाको अहिलेसम्म झण्डै आधा काम सकिएको छ ।

वि।सं।२०७५ माघमा सम्झौता भएरस्तरोन्नतिको काम थालिएको थियो । असारसम्ममा गैँडाकोटबाट दुम्किबाससम्म एकतर्फी सडक कालोपत्र गरिसक्ने लक्ष्य राखिएको सहव्यवस्थापक झाले बताउनुभयो । उहाँका अनुसार यातायात आवागमनलाई सहज पार्न पहिलो चरणमा एकतर्फी सडक कालोपत्र सक्ने योजनाअनुसार काम भइरहेको झाले बताउनुभयो ।

२२ चैत्र २०८०, बिहीबार १२:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस