|  

गजुरी गाउँपालिकाको आयोजनामा गजुरीको पेटारेमा १ महिने मुढा बनाउने तालिम शुभारम्भ

२६ चैत्र २०८०, सोमबार ०८:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिकाको आयोजनामा लघु उधम शाखा अन्तर्गत १ महिने मुढा बनाउने तालिम गजुरीको पेटारेमा शुभारम्भ भएको छ।

आइतबार वडा कार्यालयको समन्वयमा लघु उधम शाखाले पेटारेका जनसमुदायलाई १ महिना मुढा बनाउने तालिम दिन यो कार्यक्रम शुरूवात गरेको हो।

गजुरी गाउँपालिका सरकारका प्रवक्ता एवम् ७ का वडा अध्यक्ष बद्री प्रसाद जम्कटेलले मुढा बनाउने तालिम पेटारेमा उदघाटन गर्दै स्वरोजगार मुलक ज्ञान र सिपले गाउँ टोलको मात्र नभएर सिगों राष्ट्रकै विकास र समृद्धिमा टेवा पुग्ने तथा सिपको माध्यमले आयआर्जनसँगै आत्मनिर्भर र स्वरोजगार बन्न सकिने पनि बताउनुभयो।

आर्थिक समृद्धिको आधार लघु उधम मार्फत रोजगार गरिबी निवारणका लागि लघु बिकास कार्यक्रम अन्तर्गत मुढा बनाउने तालिमले घरको जिविकोपार्जन उकास्न साथै फुर्सदको समयमा घरमै बसि बसि सीप सिकेर रोजगारी बन्न सकिने गजुरी गाउँपालिका उधम विकास सहजकर्ता श्रीकृष्ण बैराङ्गीले बताउनुभयो।


२६ चैत्र २०८०, सोमबार ०८:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस