|  

पूर्वाधार विकासमा फड्को मार्दै गजुरी गाउँपालिका, दरियाल खोलाको थाक्सेलमा कल्भर्ड निर्माण हुँदै

२६ चैत्र २०८०, सोमबार १३:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/ पछिल्लो समय गजुरी गाउँपालिकाको पूर्वाधार विकासको एक पछि अर्काे संरचना निर्माण भईरहेका छन् । प्रदेश सरकार र स्थानिय सरकारले विकासका पूर्वाधार मध्ये सडक संजाललाई व्यवस्थीत बनाउँदै स्थानिय जनताको आयआर्जन सँग जोड्ने हेतुले पूर्वाधार विकासमा लागि परेका छन् । वर्षातको समयमा निकै सास्ती खेप्दै आएका गजुरी गाउँपालिकाको वडा नं. ६ को थाक्सेलमा कल्भर्ड निर्माण कार्य शुरु भए सँगै स्थानियमा खुसियाली थपिएको छ । आज गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले सिलान्यास गरि निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो । सन्तानेश्वर कन्ट्रक्सनले ३६ लाख ७७ हजार ५ सय ८२ रुपौंयाँमा ठेक्का सम्झौता गरि निर्माण कार्य अगाडी बढाएको निर्माण व्यवसायी सन्तोष अधिकारीले जानकारी दिए । दरियाल खोलामा कल्भर्ड निर्माण भए पश्चात गजुरी ६ को स्यामैंडाँडा, रिमालटार, पुकुन लगायतका स्थानीयहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन् ।
सिलान्यास पश्चात स्थानीय सँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले पालिकाले गर्न सक्ने काम आफुले सबैलाई समान ढंगबाट गर्दै आएको बताएका छन् । साथै उनले दरियाल खोलामा मोटरेवल कल्भर्ड निर्माण पश्चात वर्षातको समयमा पनि सवारी साधन चल्ने गरि बाटोको स्तरोन्ती हुने बताउनु भयो । शिलान्यास कार्यक्रममा गजुरी ६ का वडाध्यक्ष भक्त ब. तामाङ लगायतको सहभागिता रहेको थियो ।

२६ चैत्र २०८०, सोमबार १३:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस