|  

गजुरी-३ कंकालिनी आविमा पोषाक तथा स्टेशनरी सामाग्री बितरण, बिद्यार्थीहरु हर्षित !

२६ चैत्र २०८०, सोमबार १४:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । कंकालिनी आधारभूत विद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई बिद्यालय पोषाक तथा स्टेशनरी सामाग्री बितरण गरिएको छ ।

किवानिस क्लब अफ पिस नेपाल काठमाडौंको सहयोगमा बिद्यालय पोषाक तथा स्टेशनरी सामाग्री वितरण गरिएको उक्त क्लवका अध्यक्ष खेमराज भण्डारीले बताउनुभयो ।

धादिङ गजुरी गाउँपालिका वडा नम्बर ३ मा रहेको कंकालिनी आधारभूत विद्यालयमा आज एक कार्यक्रमको आयोजनागरि अध्ययनरत १६९ जना बिद्यार्थीहरुलाई सामाग्रीहरु बितरण गरिएको हो । गजुरी गाउँपालिका अध्यक्ष गणेशशाल श्रेष्ठको प्रमुख अध्यक्षतामा सञ्चालित कार्यक्रममा गजुरी १ र ३ का वडा अध्यक्ष तारानाथ भण्डारी, ऋषि लाल श्रेष्ठ, गजुरी गापा शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत सन्तोष पौडेल, किवानिस क्लब अफ पिस नेपाल काठमाडौंका अध्यक्ष खेमराज भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

विद्यालयमा न्यून आयस्तर भएका विद्यार्थी र विद्यार्थी संख्या पनि न्यून भएकाले गरीब तथा जेहेन्दार बिद्याथीलाई लक्षित गरी शैक्षिक सामाग्री वितरण गरीएको किवानिस क्लब अफ पिस नेपालले जनाएको छ । ग्रामिण भेगमा रहेका बालबालिकाहरुको लागी पढाईमा अझबढी हौसला प्रदान गर्ने, उनीहरुको बिद्यालयप्रतिको झुकाव अझै बढाउने मुख्य उदेश्यसहित यो कार्यक्रम सञ्चालन गरिएको संस्थाका अध्यक्ष खेमराज भण्डारीले बताउनुभयो ।

कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बिद्यार्थीहरुमा अभावको सिर्जना हुन नदिन गाउँपालिकाले बजेट तथा काम तिब्र रुपमा गरिरहेको कुरामा जोड दिनुभयो । उहाँले गाउँपालिकाले अहिले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरेको र आउदा दिनमा त्यसको प्रतिफल देखिने बताउनुभयो । बिद्यालयहरुको भौतिक बिकासको साथै त्यहाको शिक्षक र बिद्यार्थीको गुणस्तरलाई बढाउन गाउँपालिकाले थप के गर्नुपर्ने हो त्यस बारे पनि सुझाव दिन आग्रह गर्नुभयो ।

गजुरी गाउँपालिकाभित्रका विकट क्षेत्रमा रहेका बिद्यालय तथा गरिव जेहेन्दार बिद्यार्थीहरुको लागी पालिकाले पनि बिषेश योजनाका साथ काम गरिरहेको बताउन्भयो । सामाजिक भावनाले बिद्यार्थीको लागी शैक्षिक सामाग्री बितरण गरिएको धन्यवाद दिँदै अध्यक्ष श्रेष्ठले अब पालिकाभित्रका हरेक बिद्यालय नमुनाका रुपमा बिकास गरिने बताउनुभयो ।

बिद्यालय पोषाक तथा स्टेशनरी सामाग्री पाएपछि बिद्यार्थीहरु खुसि भएका छन् । भरखर अक्षर चिन्दै गरेका साना बालबालिकादेखिका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरणले पढाईमा थप उत्साह थपिँदै जाने र उनीहरुमा सहयोगको भावना समेत जागृत हुनेमा बिश्वस्त रहेको बिद्यालयले जनाएको छ ।

२६ चैत्र २०८०, सोमबार १४:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस