|  

चार प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

२९ चैत्र २०८०, बिहीबार ०६:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गणेश पाण्डे
गजुरी/पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा बिहीबार देशका केही भागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भागमा वर्षा हुने सम्भावना रहेको हो।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका थोरै स्थान तथा बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

२९ चैत्र २०८०, बिहीबार ०६:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस