|  

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ को मृत्यु

३ बैशाख २०८१, सोमबार ११:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । अफगानिस्तानमा तीन दिनदेखिको मुसलधारे भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको ज्यान गएको छ । अफगानिस्तानको प्रकोप व्यवस्थापन विभागले हिजो विज्ञप्ति निकालेर शुक्रवारदेखि परेको पानीका कारण बाढी आउँदा तीन दिनमा ३३ जनाको ज्यान गएको जानकारी गराएको हो । अरु २७ जना घाइते भएका छन् ।

बाढीका कारण छ सय घर क्षतिग्रस्त भएका छन् । यस्तै झण्डै छ सय किलोमिटर सडक भत्किनुको साथै दुई हजार एकड कृषि भूमिमा बाढी पसेको एएफपीले जनाएको छ । अफगानिस्तानका ३४ प्रान्तमध्ये २० वटा प्रान्तमा मुसलधारे वर्षा भएको छ ।

३ बैशाख २०८१, सोमबार ११:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस