|  

कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै

१२ बैशाख २०८१, बुधबार ०९:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १२, काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बुधबार द्विपक्षीय वार्ता हुँदैछ ।

दुईदिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल पुगेका थानीलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गर्दै भेटवार्ता गर्न लागेका हुन् ।

थानीलाई होटेल सोल्टीमा राखिएको छ । प्रधानमन्त्री दाहालले बुधबार बिहान १० बजे सोल्टीमै पुगेर उनीसँग भेटवार्ता गर्ने र त्यही विभिन्न सम्झौताहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

१२ बैशाख २०८१, बुधबार ०९:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस