|  

धुनिवेशीको कालीदेवी मन्दिरमा चैते पुर्णिमा मेला,स्थानिय पर्यटनमा टेवा

१२ बैशाख २०८१, बुधबार १३:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ देबिस्थानमा अवस्थित कालीदेवी माईको मन्दिरमा चैते पुर्णिमा मेला सम्पन्न भएको छ । धार्मिक सम्पदाको संरक्षण, आन्तरिक पर्यटनको प्रर्वद्धन भन्ने मुल नाराका साथ मेला सम्पन्न भएको हो ।

धुनिबेशी नगरपालिका ६ को वडा कार्यालय तथा कालिदेवीस्थान मेला व्यबस्थापन समितीले आयोजना गरेको मेलामा धुनिवेशी,थाक्रे काठमाण्डौं लगायतबाट भक्तजनहरु सहभागी भएका थिए ।

पर्यटकहरुको रोजाइमा परेको कालीदेवी माईको मन्दिरमा चैत्र शूक्ल पुर्णिमाको दिन मेला लाग्ने गरेको धुनिवेशी ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्यले बताए ।

१२ बैशाख २०८१, बुधबार १३:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस