|  

गजुरी ७ को डाँडागाउँमा आधारभुत स्वास्थ्य इकाई शुभारम्भ

१२ बैशाख २०८१, बुधबार १८:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/गजुरी गाउँपालिकाले वडा नं.७ मा डाँडागाउँ आधारभुत स्वास्थ्य इकाईमा सवस्थ्य सेवा सुरु गरेको छ । बुधबार एक समारोहका विच गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले रिवन काटेर इकाईको शुभारम्भ गरेका हुन् । शुभारम्भ समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले स्वास्थ्य सेवाको पहुँच बाहिर कोही पनि पालिका बासी बस्नु नपरोस् भन्ने हेतुले आधारभुत स्वास्थ्य इकाईको स्थापना गरिएको बताउनु भयो । गजुरी गाउँपालिकाका सबै वडाहरुमा स्वास्थ्यका इकाई तथा चौकीहरु संचालन भईरहेका छन् । गजुरी गाउँपालिका वडा नं. ७ को कार्यालय भवन डाँडागाउँमा स्वास्थ्य इकाईको शुरु गरिएको हो ।

१२ बैशाख २०८१, बुधबार १८:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस