|  

वैशाख १९ गतेदेखि चीनले नेपालीसँग भिसा शुल्क नलिने

१६ बैशाख २०८१, आईतवार १२:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । चीनले नेपालीसँग मे १ अर्थात् यही वैशाख १९ गतेदेखि भिसा शुल्क नलिने भएको छ । नेपालका लागि चीनका राजदूत छन सोङले ट्वीट गर्दै नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्न र नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन भिसा शुल्क नलिने निर्णय गरेको बताउनुभएको छ ।

काठमाण्डौमा रहेको चिनियाँ दूतावासले आज सूचना निकालेर सन् २०२४ मे १ देखि चीन जानका लागि आवेदन दिने नेपालीसँग चीनले भिसा शुल्क नलिने निर्णय गरेको जानकारी गराएको हो । भिसा शुल्क नलिए पनि एक्सप्रेस फी र सर्भिस फी भने लिने दूतावासको सूचनामा उल्लेख छ ।

१६ बैशाख २०८१, आईतवार १२:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस