|  

अत्यावश्यकीय सेवाहरु बाहेक गजुरी गाउँपालिकाको सेवा प्रवाह बन्द  

२२ बैशाख २०७८, बुधबार १५:३७ प्रकाशित
 प्रदेश  हव  न्युज  डेस्क 


वैशाख २२, धादिङ

कोरोना सङ्क्रमितहरु बढेसँगै गजुरी गाउँपालिका बाट प्रवाह हुने सेवाहरु वैशाख ३१ गतेसम्मका लागि बन्द गरिने भएको छ । प्रमुख प्रशासकीय अधिकृत राजन घिमिरेले एक सूचना जारी गर्दै वैशाख २३ गते बिहिबारबाट वैशाख ३१ गतेसम्मका लागि अत्यावश्यकीय सेवा बाहेक सम्पूर्ण सेवा पुर्ण रूपमा बन्द गरिने जानकारी दिनुभएको हो ।

अत्यावश्यकीय बाहेक पालिकाभित्रका सबै वडा कार्यालयबाट सञ्चालन हुने सेवाहरु समेत  अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो ।  यध्यपि  विपद् महामारी तथा दुर्घटनासँग सम्बन्धित अत्यावश्यकीय सेवाहरु भने सञ्चालनमा रहने छन् ।

 

 

२२ बैशाख २०७८, बुधबार १५:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस