|  

अनेराश्ववियुले सिंहदरबार हनुमानस्थीत सडक नारावाजि

२६ माघ २०७७, सोमबार १०:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ — नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह निकट अनेरास्ववियू प्रतिनिधिसभा विघटनको विरोध गर्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाउन गए पनि समय नपाएपछि फर्किएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विरोधपत्र दर्ता गर्न जाँदा समय नपाएपछि अनेरास्ववियूले सिंहदरबारको दक्षिणी गेट नजिक हनुमानथानस्थित सडकमा नाराबाजी तथा प्रदर्शन गरी फर्केको हो । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले देश गम्भीर संशश्कवटमा रहेको बेलामा युवा विद्यार्थीको तर्फबाट प्रधानमन्त्री ओलीसमक्ष आफ्नो भावना तथा धारणा राख्नु कर्तव्य ठानी प्रयास गरिएको भए पनि समय नदिएकोमा आपत्ति जनाए । आगामी दिनमा ओली सरकारका मन्त्रीको देश दौडाहामा विरोध प्रदर्शन गरिने सहसंयोजक तामाङले बताए ।

अनेरास्ववियूले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको विरोधमा चरणबद्ध विरोधको कार्यक्रम गर्दै आएको छ । पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरु आन्दोलित छन् ।

२६ माघ २०७७, सोमबार १०:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस