|  

धादिङको धुनिबेशी नगरपालिकालाई शेषकान्त फाउन्डेशनद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

२६ जेष्ठ २०७८, बुधबार २१:०९ प्रकाशित
रोशन नेपाल

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धुनीबेशी । शेषकान्त फाउन्डेशनले धादिङको धुनिबेशी नगरपालिकालाई स्वास्थ्य तथा सुरक्षात्मक सामाग्री हस्तान्तरण गरेको छ । वडा नम्बर ५ ढकालखोलामा रहेको फाउण्डेशनले अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को कारण उत्पन्न भएको समस्यालाई ध्यानमा राखेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको फाउण्डेशनका अध्यक्ष विश्वेश्वर प्रसाद ढकालले प्रदेशहबलाई बताउनुभयो ।
फाउण्डेशनले नगरपालिकालाई मेडिसिन किट ५० पाकेट, पिपिई सेट १०० पाकेट, अक्सिमिटर ५० पिस, थर्मोमिटर ५० पिस, सेनिटाईजर ५० पिस, मास्क ५० पाकेट, कन्सन्ट्रेटर ३ पिस र ग्लोब्स १० पाकेट गरि ६ लाख ५० हजार रुपैँया बराबरको सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष ढकालको भनाई छ ।
Zukunft fuer Nepal (Future for Nepal) को आर्थिक सहयोग तथा Cocina Mitho Chha, Lazimpat, Kathmandu को सहकार्यमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको फाउण्डेशनका उपाध्यक्ष बाबुकृष्ण सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार विभिन्न स्वास्थ्य सामग्री धुनिबेशी नगरपालिका अन्तर्गतका आइसोलेसन सेन्टर तथा वडा कार्यालयमा सञ्चालित वडा स्वास्थ्य कार्यालयमा उपयोग गर्ने गरी हस्तान्तरण गरिएको फाउण्डेशनका सदस्य ऋषी ढकालले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्य, उपप्रमुख निरु खरेल, प्रमुख प्रशासकिय अधिकृृत हरिदत्त कँडेल लगायत फाउण्डेशनका पदाधिकारी लगायतको सहभागी रहेको थियो । नगरप्रमुख आचार्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा शेषकान्त फाउन्डेशनलाई धन्यवाद दिनुभएको छ ।

 

२६ जेष्ठ २०७८, बुधबार २१:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस